पतिभन्दा बिरालो प्यारो

जेरुसलम : पति प्यारो कि बिरालो ? पतिलाई भन्दा बिरालोलाई प्रेम गर्ने युवती भेट्टाउन गाह्रै पर्ला † तर, इजरायलकी एक युवतीले पतिको सट्टा बिरालो रोजेकी छन् । बिरालोप्रतिको मोहमा सम्झौता गर्नुका सट्टा पतिसँग छोडपत्र गर्न उनी राजी भएकी छन् ।
इजरायलको बिसेबा सहरकी ती युवती बिरालो भनेपछि मरिमेट्थिन् । उनले घरमा साढे पाँच सय बिराला पालेकी थिइन् । उनको बिरालो–मोहबाट आजित श्रीमान्ले अदालतसमक्ष छोडपत्रको अपिल गरे । अदालतले उनीहरूलाई मिलाउने भरमग्दुर प्रयास गर्‍यो । तर, बिरालोबाट छुट्टिन अस्वीकार गर्दै ती युवतीले श्रीमान्बाटै अलग हुने निश्चय गरेको टाइम्स अफ इजरायलले जनाएको छ ।
‘घरभरि जताततै बिराला, उफ् † म राति आँखा झिमिक्क पार्न पनि पाउँदिनथेँ,’ श्रीमान्ले गुनासो गरे । बिरालाले आफ्नो ओछ्यानलाई पेवा बनाएको सुनाउँदै उनले भने, ‘मेरो ओछ्यानमा उनीहरू मस्तसँग निदाउँथे । जताततै बिरालो कुदेको मात्रै देखिन्थ्यो । आफ्नै ‘बाथरुम’ प्रयोग गर्नबाट पनि म वञ्चित थिएँ ।’
भान्छाभरि बिरालोका भुत्ला छरिएकाले दिगमिङ मान्दै उनले खाना खानुपथ्र्यो । खाना खान बस्दा बिरालाको हुल टेबलमाथि चढेर उनको खाना चोर्ने गरेको टाइम्स अफ इजरायलले जनाएको छ । छोडपत्र गर्ने जोडीको नाम भने खुलाइएको छैन । (डेलिमेल)

प्रतिक्रिया