बक्सिङ च्याम्पियन ताप्याँ मृत फेला

म्याड्रिड : कोकिनको लत, अथाह अल्कोहल, दिक्कलाग्दो डिप्रेसन र कानुनबाट बच्न अनावश्यक दौडधुप आदिका कारण प्राय: चर्चामा आइरहने पाँचपटकका विश्व बक्सिङ च्याम्पियन जोनी ताप्याँ आइतबार आफ्नै घरमा मृत फेला परेका छन् । सन् १९६७ मा उत्तरी मेड्रिडमा जन्मेका ४५ वर्षीय ताप्याँ साँझ मृतअवस्थामा भेटिएका थिए । प्रहरीले ताप्याँको निधन प्राकृतिक भएको जनाएको छ । तीन फरक तौलसमूहमा ताप्याँले पाँच विश्व च्याम्पियनसिप जितेका थिए । डब्लुबिए वेन्टमवेट, आइबिएफ तथा डब्लुबिओ जुनियर वेन्टमवेट र आइबिएफ फिदरवेटमा उनी च्याम्पियन भएका हुन् ।
आठ वर्षको उमेरमा अनाथ भएका ताप्याँको जीवन दु:खैदु:खमा बित्यो । कोकिनको दुव्र्यसनका कारण उनलाई सन् १९९० को दशकमा साढे तीन वर्ष प्रतिबन्धित गरिएको थियो । तर सन् १९९४ मा प्रतिबन्ध फुकुवा भएलगत्तै उनले हेन्री मार्टिनेजलाई नकआउट गरी डब्लुबिओ वेन्टमवेट उपाधि जिते । त्यसपछिका आठ वर्षमा उनले थप चार विश्वस्तरीय उपाधि जिते । उनी अन्तिमपटक गत वर्षको जुनमा खेलेका थिए जसमा उनी विजयी भएका थिए । सन् २००७ मा धेरै कोकिन सेवन गरेपछि उनी अस्पताल भर्ना हुनुपरेको थियो । उनको खेलजीवनको नतिजा ५९–५–२ छ । (एजेन्सी)

प्रतिक्रिया