पाँचौ गणतन्त्र दिवस खल्लो महशुस

काठमाडौं, १५ जेठ । पाँचौं गणतन्त्र दिवस, २०६९ को उपलक्षमा नेपाली सैनिकमञ्च टुँडिखेलमा आज विषेश समारोह आयोजना गरेर मनाईएको छ ।
गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको समारोहमा राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानन्यायाधीश खिलराज रेग्मीलगायतको सहभागिता थियो ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशबाट शान्तिका प्रतीक परेवाहरु उडाएर शुरु भएको समारोहमा नेपाली सेनाका दुईवटा हेलिकोप्टरबाट गणतन्त्र दिवस–२०६९ अंकित व्यानर प्रदर्शन, पुष्पवृष्टि र बेलुन उडाइएको थियो ।
नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, नेपाल स्काउट र विद्यार्थीले मार्च पास गरेका थिए ।
रेडियो नेपालको संयुक्त रुपमा आयोजना गरिएको चेतनामूलक लोकदोहोरी गीत प्रतियोगितामा प्रथम हुने राष्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठानका विजेता टोली कृष्ण रेउले र अस्मी थापाको टोलीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया