कलाकारद्वारा पनि पहिचान माग

विराटनगर : नयाँ बन्ने संविधानमा आफ्नो पहिचानका लागि अधिकार सुनिश्चित गर्न हरेक क्षेत्रबाट माग भइरहेका बेला कलाकार पनि आफ्नो अधिकार माग्दै प्रदर्शनीमा उत्रिएका छन् । शनिबार विराटनगरमा आफूहरूलाई पनि पहिचानसहितको हकअधिकार सुनिश्चित गर्नुपर्ने भन्दै कलाकारले जुलुस निकालेका हुन् ।
स्थानीय वीरेन्द्र सभागृहबाट निस्किएको जुलुसले नगरका विभिन्न भाग परिक्रमा गर्दै जेठ १४ गते संविधान जारी गरी कलाकारको हकअधिकार सुनिश्चित गर्नुपर्ने माग राखे । उनीहरूले प्रधानमन्त्री डा. बाबुराम भट्टराईसमक्ष पुर्‍याइदिन भन्दै विभिन्न मागसहितको ज्ञापनपत्र प्रजिअ तारानाथ गौतमलाई बुझाएको नृत्यनिर्देशक राजनारायण चौधरीले बताए । (सौस)

प्रतिक्रिया