स्वास्थ्य संकटकाल घोषणाको तयारी

काठमाडौं : विश्वव्यापी रूपमा पोलियो उन्मूलनमा समस्या आएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गर्ने भएको छ ।
आगामी साता जेनेभामा हुने स्वास्थ्य सम्मेलनमा विश्वव्यापी रूपमा स्वास्थ्य संकटकाल लगाएर बृहत् कार्यक्रम लैजाने तयारी भएको संगठनले जनाएको छ ।
संगठनको दक्षिण–पूर्वी एसिया कार्यालयको विज्ञप्तिअनुसार पोलियोको घातक भाइरस उन्मूलनमा कठिनाइका कारण संकटकाल लगाउनुपर्ने अवस्था आएको हो । पोलियो उन्मूलन कार्यक्रमका प्रवक्ता सोना बरीले विश्व अहिले पोलियो उन्मूलनमा सफलता र विफलताको संवेदनशील मोडमा रहेको जनाएका छन् । (सौस)

प्रतिक्रिया