धर्नाले सर्वसाधारणलाई सास्ती(तस्बिर)

काठमाडौं, १३ जेठ । सरकारसँग पछिल्लो पटक भएको नौं बुँदे सहमति कार्यान्वयनको माग गर्दै आदिवासी जनजाति महासंघ र विभिन्न जातीय समुदायका संघ/संगठनहरुले संविधानसभा भवनमा नजिकै धर्ना दिएका छन् ।
धर्नामा बसेका उनीहरुले जातीय पहिचान सहितको संघीय राज्यको माग गरेका छन् । जनजातिहरुको धर्नाका कारण संविधानसभा भवन आसपासको क्षेत्रमा सवारी आवागमन प्रभावित हुनुका साथै सर्वसाधारणलाई त्यस क्षेत्र भएर आवत/जावत गर्न समस्या भएको महानगरीय प्रहरीले जनाएको छ ।
धर्ना दिनेमा ताम्सालिङ, तमुवान, थारु, किरातलगायतका समुदायका समर्थक रहेका छन् ।
यसैवीच, विभिन्न जातीय संघ/संगठन र समूहले संविधानसभा भवन आसपासका क्षेत्रमा धर्ना जुलुस, प्रदर्शन लगायतका कार्यक्रम गर्न थालेपछि उच्च सुरक्षा सर्तकता अपनाईएको छ ।
प्रहरीका अनुसार सुरक्षा निकायलाई उच्च सर्तकताका साथ संविधानसभा भवन र राजधानीका विभिन्न स्थानमा खट्टाईएको छ । तस्बिर सौर्यकर्मी

देबकी विष्ट ।

 

 

 

 

 

 

प्रतिक्रिया