१५ लाख रुपियाँ सहित दुई पक्राउ

सिन्धुपाल्चोक, १३ जेठ । सिन्धुपाल्चोकमा प्रहरी चेक पोष्ट बन्देउले १५ लाख रुपियाँ सहित दुई जनालाई पक्रउ गरेको छ ।
नियमित चेकजाँचको क्रममा बन्देउ प्रहरीले गाडीको सिटमुनी लुकाई राखेको अवस्थामा आज रकम सहित काभ्रे पाँचखालका जुवारीलाल श्रेष्ठ र विराटनगरका ईन्द्र प्रसाईलाई पक्राउ गरेको हो ।
ना १ ज २२८७ नम्बरको टाटामोवाईलवाट पक्राउ परेको रकम मध्ये आठ लाख रुपियाँ चालक श्रेष्ठको र बाँकी प्रसाईको भएको प्रहरीले वताएको छ । ‘रकम एउटै झोलामा फेला पारेको छ,’ प्रहरी निरीक्षक सुजनराज राजभण्डारीले भने ।
श्रेष्ठ र प्रसाईले भने आफूहरुले व्यापारको शिलशिलामा शनिबार बैंक बन्द हुने भएकाले रकम बोकेरै हिड्न बाध्य भएको वताएका छन् ।

प्रतिक्रिया