सेक्स भनेपछि जो कोही …

मीनाका–बाबु विदेशमा थिए । भाइ पढ्न सहरतिर । घरमा आमाछोरी दुईजना । मिना +२ पढ्दै थिइन् । चञ्चले उमेर । उत्साह, उमंग र रहरको उमेर । मीनामा चञ्चलता र बाहिरी वातावरणमा रमाउने स्वभाव पलाउनु स्वाभाविक हो । एकदिन साँझ उनी घर पस्दै थिइन् । आमाले गाली गरिन्, ‘कहाँ हराएकी थिइस् यत्रो बेरसम्म ? तँलाई लाज लाग्दैन ? घरमा बाबा छैनन्, भोलि केही भयो भने ? त्यो गल्तीको दोष मेरै थाप्लामा आउँछ । यति अबेरसम्म छोरीमान्छे बाहिर बस्ने हो ? कोसँग कहाँ गएकी थिइस् भन् खुरुक्क †’ आमाको गालीले मीना त्यत्तिकै अत्तालिइन् । ‘हस् आमा म भोलिदेखि त्यसो गर्दिनँ,’ उनले यतिमात्रै भनिन् । तर, ‘त्यसो गर्दिनँ’ किन भनिन् त्यो उनैलाई थाहा थिएन । आमाछोरी खाइवरी सुत्ने तरखरमा लागे । एउटै कोठामा सुत्ने भएकाले मीनाले देखिन्– आमा ओछ्यानमा छट्पटिँदै ओल्टे–कोल्टे गर्दै थिइन् । आमालाई के को तृष्णा ? मीनाले बुझिनन् । उनी त साइबर गएकी थिइन्, प्राक्टिकलका लागि केही सामग्री भेटिन्छन् कि भनेर हेर्न । आमाले किन गाली गरेकी होलिन् ? उनलाई रिस उठ्यो आमादेखि ।
निकै दिनसम्म आमाछोरीको राम्रो सम्बन्ध बनेन । एकदिन मीनाकी साथी रीता आफ्नो ‘बर्थ डे’ भनेर मीनालाई डाक्न घरमै आई । आमाले बल्लबल्ल मीनालाई बर्थ डेमा लैजाने अनुमति दिइन् । लोडसेडिङका कारण बर्थ डे पार्टी छिट्टै सकियो । मीना यसअघि आमाले भनेको कुरा सम्झिएर पार्टीबाट सिधै घरतिर हान्निइन् । रीता र उसका दाइ उसलाई घरसम्म छाडेर फर्किए । मीना आफ्नो घरभित्र निर्धक्क पसिन् । तर, उनले आमाको बेडमा जे देखिन् त्यो अपत्यारिलो थियो । आँखाले विश्वासै गर्न मानेनन् । आमाको बेडमा कुनै अपरिचित पुरुष निर्वस्त्र चल्मलाइरहेको थियो । आमा आँखा चिम्लिएर ‘अँ…अँ’ को आवाज निकाल्दै थिइन् । मीना ट्वाल्ल परेर हेरिरहिन् । त्यो परपुरुष को थियो र किन आयो ? मीनाले बुझ्न सकिनन् । त्यसको रहस्य त केवल उसकी आमालाई मात्र थाहा थियो ।

प्रतिक्रिया