डढेलो नियन्त्रण गर्न समस्या

दाङ, १२ जेठ । सल्यानका विभिन्न जंगलमा एक साता देखि डढेलो लागिरहेको छ । डढेलो नियन्त्रण बाहिर जान थालेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
डढेलोका कारण जिल्लाका तीन दर्जन बढि गाविसका सामुदायिक वन प्रभावित बनेका छन् । डढेलोले सल्यानमा एक हजार भन्दा बढि हेक्टर क्षेत्रफलको क्षेत्र नष्ट भएको छ ।
जिल्ला वन कार्यालय सल्यानले दिएको जानकारी अनुसार एक सातादेखिको छुट्टाछुट्टै आगलागीका कारण जिल्लाको १० प्रतिशत वन क्षेत्र नष्ट भैसकेको छ ।
आगोले जिल्लाको वामे, स्वीकोट, मार्के, निगालचुला, डाँडागाउँ, सेजवालटाकुरा लगायतका गाविसमा रहेको वन क्षेत्रमा नोक्सानी गरेको छ ।
सामुदायिक वनमा लागेको आगो केही क्षेत्रमा भने नियन्त्रणमा आएको छ । सौर्य

प्रतिक्रिया