“दिनदिनै किस गथ्र्यौं”

मेरो पहिलो डेट जुनुसँग भएको हो, जो अहिले मेरी श्रीमती छिन् । त्यति बेला म २७ वर्षको थिएँ । किशोर अवस्थामा डेटिङ जाने तारतम्य मिलेन । त्यति बेला पनि मैले दुईवटी केटीलाई मन नपराएको होइन तर उनीहरूसँग बोल्नै सकिनँ । समय बित्दै गएपछि उनीहरूले घरजाम गरिहाले । मनमनै वान साइड लभचाहिँ गरेकै हो । जोसँग पहिलोचोटि डेटिङ जान्छु, त्यो लभ सफल हुन्छ भन्ने विश्वासचाहिँ थियो । नभन्दै भयो पनि त्यस्तै ।
जुनुसँग गन्धर्व संगीत पाठशालामा भेट भएको हो । पहिलो भेटमै उनीसँग आँखा जुध्यो तर बोलचालचाहिँ हुन सकेन । जति बेला उनलाई देखेँ, सरस्वतीपूजाको दिन थियो । देख्नासाथ सरस्वतीदेवीले मेरै लागि भनेर पठाइदिएकी परीजस्ती लागिन् । पछि मलाई एउटा डोयट गीत गर्न अफर आयो, म गएँ । त्यसमा केटीको भ्वाइस उनैले गाउने रहिछन् । पहिलो भेटको ६ महिनापछि मात्रै हामीबीच प्रेमका इसारा सुरु भए । ती दिनमा एकअर्कासँग लजाउने अनि धकाउने खुबै गर्‍यौँ हामीले । ती भेटमा उनी आँखा जुधाउँदै लजाउँथिन्, म पानीपानी हुन्थेँ । उनका आँखाका इसाराबाट आफूप्रति माया छचल्किएको अनुभूति हुन्थ्यो । प्राय:जसो हाम्रो भेट रेकर्डिङ स्टुडियोमै हुन्थ्यो । त्यहीँ हाँस्ने/रमाउने गथ्र्यौं ।
एउटा गीतको सुटिङ हाम्रा लागि पहिलो डेटजस्तो भयो । त्यो संयोग सम्झँदा अहिले पनि आनन्द लाग्छ । गीतमा मैले उनलाई अँगाले हाल्नुपर्ने सट थियो । मलाई डर लागिरहेको थियो । जसोतसो उनलाई अँगालो हालेँ, उनले पनि साथ दिइन् । म यतिसम्म डुब्न पुगेँछु कि अँगालो हालेको हाल्यै गरेँछु, निर्देशकले ‘कट’ भनेपछि पो झसंग भएँ ।
सुटिङ चोभारमा भइरहेको थियो, जताततै प्रेममय वातावरण लागिरहेको थियो । सट सकेपछि हामी गफ गर्न थाल्यौँ । त्यो गफमा म सांकेतिक पाराले उनी मलाई माया गर्छिन् कि गर्दिनन् भन्ने बुझ्ने प्रयास गर्थें । तर पनि स्पष्ट पर्पोज भने भइसकेको थिएन । त्यसपछि पनि हामी दुई जना मात्रै थुप्रै ठाउँमा घुम्न निस्किएका भने हौँ । काठमाडौंका कुनै त्यस्ता ठाउँ बाँकी रहेनन् । एकअर्काको फुर्सद मिलाएर भेटिरहन्थ्यौँ । ती भेटले प्रेममय डेटिङको अनुभूति गराउँथे । माया झन् बढ्थ्यो । मेरी आमाले खोजेजस्ती बुहारी उनै हुन् जस्तो लाग्थ्यो । तर, उही पहिलेकै जस्तो कमजोरी छँदै थियो, पर्पोजै गर्न नसक्ने । त्यही गर्न नसकेका कारण पहिले मन परेका पनि बिहे गरेर लाखापाखा लागिसकेका थिए । त्यही सम्झेर एक दिन जे त होला भनेर आँट गरेँ । स्टुडियोबाट दुई जना सँगै ट्याक्सीमा फर्कंदै थियौँ । उनलाई आफूतिर च्यापेँ अनि भनिहालेँ– ‘म तिमिलाई मनपराउँछु, मलाई जीवनमा तिम्रो खाँचो छ, मजस्तो लफंगेलाई साथ दिन पर्‍यो † उनले मेरो पर्पोज स्विकारेको इसारा गरिन् । त्यसपछि त के थियो, दिनदिनै एकअर्कालाई नभेटी बस्नै नसक्ने भयौँ ।
म बेलाबेलामा स्टेज प्रोग्रामका लागि विदेश गइरहनुपथ्र्यो । त्यति बेला उनका लागि गिफ्ट ल्याउन भुल्दैनथेँ, बरु आफ्ना लागि सपिङ गर्दैनथेँ । पहिलोचोटि गिफ्ट पाउँदा उनले मलाई किस गरिन् । मैले पनि उनलाई अँगालोमा बेरेर किस गरेँँ । बिहेअगाडि सेक्ससम्बन्ध नगर्ने सम्झौता थियो । किस गर्ने त प्राय: दिनदिनै हुन्थ्यो । २०६५ साल मंसिर ९ गते हामीले बिहे गर्‍यौँ, भेट भएको करिब डेढ वर्षपछि । सुहागरातमा हामीले बढीजसो समय अतीतका कुरा गरेर बिताएका थियौँ । सेक्सको अनुभूति पनि त्यही दिन सँगालेका हौँ । आहा.. जीवनको कुनै पनि पहिलो कुरा भनेको पहिलो नै हुँदो रहेछ । त्यो पहिलो डेटिङ, पहिलो चुम्बन र पहिलोचोटिको प्राणयिक सम्बन्ध सम्झँदा पनि मीठो लाग्छ । एउटा फरक स्वाद, संयोगान्तक कथाजस्तो †
प्रस्तुति : विशाल राई

प्रतिक्रिया