प्रहरी र प्रदर्शनकारीबीच झडप

नेपालगन्ज : अखण्ड मध्यपश्चिमका प्रदर्शनकारी र प्रहरीबीच नेपालगन्जमा झडप भएको छ । झडपमा चार प्रदर्शनकारी घाइते भएका छन् । बाँकेका तुलसीराम बढई, चन्द्र कार्की र हरि तिमिल्सिना र बर्दियाका धनबहादुर विष्ट घाइते भएका हुन् । जातीय आधारमा संघीयता दिन नहुने भन्दै विरोधमा निस्केको जुलुस र जातीय संघीयताका पक्षधरबीच हुन सक्ने झडप जोगाउन परिचालित प्रहरीसँग झडप भएको हो । (सौस)

प्रतिक्रिया