१० महिना पुग्दा पनि शव आएन

सिन्धुपाल्चोक : साउदी अरबमा मृत्यु भएकी एक महिलाको शव नेपाल ल्याउन सकिएको छैन । सिन्धुपाल्चोक सानुसिरुबारी–४ की २४ वर्षीया उमा थापा मगरको १० महिनाअघि मृत्यु भए पनि शव नेपाल ल्याउन नसकिएको हो । भदौ ०६८ मा वैदेशिक रोजगारीका लागि साउदी अरब गएकी थापाको २२ भदौ ०६८ मा मृत्यु भएको थियो । उनको मृत्युबारे साउदी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयबाट परिवारलाई जानकारी गराए पनि शव ल्याउन ढिलाइ भएको हो । दोस्रो विवाह गरेकी थापामगरको पहिलो पतिपट्टि एक छोरा र दुई छोरी छन् । हालका पतिपट्टि डेढ वर्षीय छोरा रहेको आफन्तले जानकारी दिए । रोजगारीमा गएका पति फुलबहादुर माझीको मलेसियामा दुर्घटनामा परेर मृत्यु भएपछि थापामगर छिमेकीसँग दोस्रो विवाह गरेर रोजगारीका लागि अरब गएकी थिइन् । (सौस)

प्रतिक्रिया