आगलागीमा जलेर २० घर नष्ट

बाँके, १० जेठ । बाँके जिल्लाको होलीया–९ स्थित नयाँबस्ती सुन्तलीया भत्रे गाउँमा आज आगलागी हुँदा २० वटा घरहरु जलेर नष्ट भएका छन् ।
आगलागी भएपछि सुरक्षाकर्मी र स्थानीय मिलर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लागलागीमा घरहरुमा रहेका अन्नपात, लुगालगायत जलेर नष्ट भएका छन् ।
आगलागीबाट भएको क्षतिको विवरण संकलन कार्य भईरहेको भन्दै प्रहरीले यकिन तथ्याङक आईनसकेको जनाएको छ ।

प्रतिक्रिया