गोरखाका सुनार दोहामा अलपत्र

दोहा/कतार । वैदेशिक रोजगारीका सिलसिलमा दोहा पुगेका मणि सुनार काम नपाएर अलपत्र परेका छन् । गोरखाका सुनारलाई गाउँकै एजेण्डले विनोद खड्काले व्यक्तिगत भिसामा बोलाएर दुःख दिएका छन् ।
एक महिना २० दिन अघि मात्र दोहा आईपुगेका गोरखा बारपा–२ का २२ वर्षीय सुनारलाई भने अनुसार काम नदिएपछि दोहाको सडकमा भौतारिनु परेको हो । स्थानीय प्रहरीको थुनामा दुई दिन परिसकेका सुनार घर फर्कने तयारीमा छन् । यद्यपी उनीसँग घर आउनका लागि समेत रकम नभएपछि दोहास्थित विभिन्न संघसंस्थाले सहयोग गर्ने भएका छन् ।
यसैवीच सुनार दोहास्थित नेपाली नियोगमा कानूनी उपचारका लागि पुगेका छन् । उनलाई नियोगले सहयोग गर्ने जनाएको छ । सुनार २० मे आइतबारका दिन मात्रै नियोगको शरणमा आएका हुन् ।
खाना र बस्न सहित ११ सय कतारी रियाल तलबको लोभमा दोहा पुगेका सुनारले गोरखामा रहेको घर, खेत तथा बारी ८० हजारमा बन्दकीमा राखेका छन् ।
उनले घर, बारी र खेत उनै एजेण्ट विनोदका दाई सुनिल खड्कासँग बन्दकी राखेका हुन् ।

प्रतिक्रिया