बन्दको विरोधमा सडकमै पढाई

विराटनगर, ९ वैशाख । लामो बन्दले विद्यालय खुल्न नसके पछि क्रुद्ध भएका विद्यार्थीले आज विराटनरमा सडकमै कक्षा सञ्चालन गरेर बिरोध जनाएका छन् ।
विराटनगर उपमहानगरपालिकामा रहेको बाल क्लबमा आवद्ध बालबालिकाहरुले सडकमै कक्षा सञ्चालन गरेर पढाइ गरी बन्द संस्कृतिको विरोध जनाएका हुन् । बालबालिकाहरुले पढ्न पाउनु पर्ने माग गर्दै घण्टी जुलुस समेत प्रदर्शन गरेका छन् ।
घण्टी बजाउँदै ब्यानर र प्लेकार्ड सहित निस्किएको जुलुसले विराटनगर बजार परिक्रममा गरीसकेपछि जनआन्दोलन चोकको सडकमा पढाई सञ्चालन गरेका थिए ।
‘विद्यालय बन्द गराउँदा हाम्रो पढ्ने अधिकार हनन् भएको छ,’ पूजा नेपालीले भनिन्, ‘हाम्रो के दोष ? हामीले पढ्न पाउनु पर्छ ।’
सडकमा कक्षा सञ्चालन गर्दा बालबालिकाहरु आफैं शिक्षक शिक्षिका बनेर घण्टी लगाए । उनीहरुले विद्यालय बन्द हुँदा बाल अधिकार हनन् भएकोमा समेत ब्यङ्ग्य गरेका थिए । सौर्य

प्रतिक्रिया