दुई प्रहरी घाईते/बसमा आगजनी

हेटौंडा, ९ जेठ । जातीय पहिचान सहितको राज्य माग गर्दै बन्दमा उत्रिएका आदिवासी जनजाति संयुक्त संघर्ष समितिका समर्थकले आज मकवानपुरको मनहरीमा बसमा आगजनी गरेर क्षतिपुराएका छन् । उनीहरुको आक्रमणमा परेर दुई प्रहरी समेत घाईते भएका छन् ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको मनहरीमा ना ३ ख ९१६९ नम्वरको रात्रिबसमा आगजन गरेर क्षतिपुराएको प्रहरीले जनाएको छ । बस यात्रु लिएर बुटवलवाट हेटौंडा आउँदै थियो ।

अदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तिर्थबहादुर थापा मगरले बन्द उलंघन गरेका कारण बस जलाएको दाबी गरेका छन् ।

बसमा आगो लगाउ“ने क्रममा बन्दकर्ता बालकृष्ण लामा जलेका छन् । उनको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।

बसमा आगो लगाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी–३ का सुजन लामा, प्रसिद्ध लामा र उपकार लामा रहेका छन् ।

हेटौंडा–४, कमलडा“डामा दुध बोकेको ना २ च ४११५ नम्वरको गाडी तथा केही पसलका सटरमा तोडफोड गरेर क्षति पुराएका छन् । तोडफोड रोक्ने क्रममा बन्दकर्ता र प्रहरीबीच समेत झडप भएको थियो ।

झडपका क्रममा दुई प्रहरी घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाईते हुनेमा प्रहरी हवलदार विजयकुमार यादव र प्रहरी जवान मंगल कुमाल रहेका छन् । बन्द समर्थकको आक्रमणमा परेर टाउकोमा गम्भीर चोट लागेका प्रहरी हवलदार यादवलाई छ टाँका लगाईएको छ । प्रहरी जवान कुमाललाई भने बन्दकर्ताले प्रहार गरेको ईट्टाले छातीमा लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरी भनाई छ ।

झडपमा संलग्न पा“च जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दपमपोखरी–३ का श्यामबहादुर थिङ्, दीपक लामालगायतका रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया