रूखैभरि फुल्छन् नारी !

एउटा रूख । रूखमा फुलेको फूल कस्तो होला ? आम मानिस सोच्छन्, आरूका फूल, शिरीषका फूल । राता, सेता, नीला, पहेंला । यसभन्दा फरक कहाँ हुन्छ र ? केही हरिया पनि होलान्  तर रुखभरि नांगा महिला आकारका फूल पनि हुन्छन् भन्दा जोकोहीलाई पत्याउन गाह्रो छ ।
एजेन्सीहरू दाबी गर्छन् कि श्रीलंका, भारत र थाइल्यान्डमा यो वनस्पति फेला परेको छ । नांगो नारी आकारका फूल फुल्ने भएकाले भारतमा यो फूललाई नारीलथा भनिएको छ । उच्च हिमाली भेगका कुनाकाप्चामा यो फूल दुई दशकअघि फेला परेको थियो । उसो त श्रीलंकाको पनि उच्च हिमाली भेगमा फेला परेको यो फूललाई लियाथम्बारा माला भनिएको छ । यस्तै, थाइल्यान्डमा यसलाई नारीपोल भनिएको छ ।
भाषाका हिसाबले स्त्री शब्द बुझाउने नारीबाटै फूलको नाम राखिएको छ । एजेन्सीहरूका अनुसार यो सुनगाभा वनस्पतिका अनेक प्रजातिमध्ये एक हो । यो फूल दुई दशकका अन्तरमा उच्च हिमाली भेगमा फेला पर्छन् ।
एक्काइसौं शताब्दीमा महिलालाई विज्ञापनको वस्तु बनाइएजस्तै महिलासँग जोडेर यसलाई भद्दा मजाकको विषय त बनाउन खोजिएको होइन ? एजेन्सीहरूले तर्क र बहसका लागि प्रश्न पनि छाडेका छन् कि कसले देख्यो यो पहिला र लेख्यो पहिला ? के साँच्चै यस्तो फूल होला र ? कि प्रविधिमार्फत ‘ट्रिक’ गरेर भ्रम फैलाउन खोजिएको हो ?
अल भ्वाइसेस डटकममा निना रायले यो विषयमा लेखेकी छन्, स्थानीयले यो फूल हुन्छ भनेर नै दाबी गरेको उनले उल्लेख गरेकी छन् । दुई दशकको अन्तरालमा उच्च हिमाली भेगमा फेला पर्ने नारीलथाले छुट्टै आकर्षण दिन्छ र सबैको ध्यान आफूतिर तान्न सफल छ । स्थानीयको दाबी पनि छ कि यो सुनगाभा प्रजातिकै वनस्पति हो ।
भारत र श्रीलंकाको उच्च हिमाली भेगमा पाइने भनिएको यो वनस्पति फेला पारेर नर्सरी गर्न सकिए पक्कै आम्दानीको गतिलो स्रोत हुनेमा शंका छैन । नांगो महिला आकारका नारीलथा फूलको बुकेट माग्नेको बजारमा निकै संख्या बढ्न सक्छ । आखिर तस्बिरमा देखाइएजस्तै फूल बजारमा पाइन्छ भने बुकेट पसलमा नारीलताकै अर्डर गर्नेको भिड लाग्छ नै, सृष्टिको संरचनामा आधारित न्युड महिला आकारका वनस्पतिबारे पढ्दैमा संस्मरणयोग्य छ भने बुकेट फेला पाइए नकिन्ने कोही होलान् र ?
(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया