‘बबाल’ मच्चाउने तयारी

मुम्बई : बलिउडकी ‘हट’ नायिका विपाशा वसुले सिंगुलारिटीमार्फत झन् बबाल मच्चाउने भएकी छन् । बन्दै गरेको सिंगुलारिटीमा उनी केही ‘फरक’ भूमिकामा देखिँदै छिन् । अंग्रेज र मराठीबीचको युद्धको कथालाई लिएर बनाइन थालेको सिंगुलारिटीमा विपाशा मराठा योद्धा तलुजा नायकको भूमिकामा देखिने भएकी हुन् । उनीसँगै अभय देवोल र जोश हार्टनेट पनि चलचित्रमा छन् ।
जुनदेखि सुरु हुने १३औँ इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी पुरस्कार समारोहमा सहभागी भएर उनी सिंगुलारिटीको अन्तिम सुटिङका लागि लन्डन जाने भएकी छन् । फिल्म आउँदो हिउँदेयामदेखि मात्रै प्रदर्शन हुने बताइएको छ । ‘बंगाली बेब’ भनेर चिनिने विपाशाले अहिलेसम्म ५० भन्दा बढी फिल्ममा काम गरिसकेकी छन् । (एजेन्सी)

प्रतिक्रिया