साना दलका नयाँ मन्त्रीलाई सपथ

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री बाबुराम भट्टराईले आज नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको सपथ गराएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममा चुरेभावर राष्ट्रिय एकता पार्टीका बद्री न्यौपाने, मालेका कुमार बेल्बासे र माले समाजवादीका यदुवंश झालाई सपथ दिलाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
न्यौपानेले महिला, बालबालिका तथा समाज कल्याण, बेल्बासेले श्रम तथा रोजगार र झाले वन तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया