रविन र सपना मिस्टर एन्ड मिस राजधानी


काठमाडौ, ६ जेठ । रविन पोखरेल र सपना अधिकारी मिस्टर एन्ड मिस राजधानी–०१२ घोषित भएका छन् ।
उपाधिका लागि फाइनल राउन्डमा निर्णायक राजु केसीले सोधेको ‘आजको युवा राजनीतिक रूपमा सचेत हुनु पर्छ कि पर्दैन ?’ भन्ने प्रश्नको उत्कृष्ट उत्तर दिएर रविन शनिबार राजधानीमा आयोजित प्रतियोगितामा विजेता घोषित भएका हुन् । त्यसै गरी मिस राजधानीको उपाधिका लागि रीमा विश्वकर्माले सोधेको ‘मृत्युलाई कसरी लिनुहुन्छ ? मृत्युदेखि डर लाग्छ कि लाग्दैन ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएकी थिइन् सपनाले । दुवै विधाका यी शीर्ष विजेताले ट्रफीसँगै ५०–५० हजार नगद तथा अन्य पुरस्कार हात पारेका छन् ।
मिस्टर तर्फको फस्र्ट र सेकेन्ड रनरअप क्रमश: स्यामोल गुरुङ र सञ्जीव सुब्बा घोषित भए । मिस राजधानीतर्फको यही स्थान भने क्रमश: एमी कुँवर र हिमानी सुब्बाको पोल्टामा पर्‍यो । दुवैतर्फका उपउपाधितर्फ अनिलजंग थापा र नम्रता शाही फोटोजेनिक घोषित भए । फस्र्ट रनरअप स्यामोलले नै पुरुषतर्फको क्वाट्वाक, हेन्डसम र भिवर्स च्वाइस विधामा पनि अवार्ड पाए । फस्र्ट रनरअप एमीले ब्युटिफुल विधालाई पनि आफ्नो बनाइन् । मिस राजधानी सपनाले क्याटवाक विधाको अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । डिसिप्लेनमा शिव महत र सुजना पाण्डे, चार्मिङमा ज्ञानेन्द्र थेवे र अञ्जलि राई, फिजिक्समा अर्जुनदेव खड्का र मिसु कार्की, पसानालिटीमा दिपेन्द्र भट्ट र स्नेहा पोखरेल, बेस्ट पपुलर अवार्डमा सञ्जय र रोशन मुकारुङ, भिवर्स च्वाइसमा नेहा पोखरेलले बाजी मारे । प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फबाट १४–१४ जना फाइनल राउन्डका लागि छानिएका थिए । दुवैतर्फ क्रमश: टप १० र टप ५ हुँदै शीर्ष विजेताको निर्णय गरिएको हो । निर्णायक टोलीमा सुशीला नेपाल, रिमा, राजु, आगन्तुक खरेल, खगेश रञ्जितकार, मलिना जोसी, आयुसमान घिमिरे, रेस मरहट्ठा र दीपेन्द्र डंगोल थिए । प्रतियोगिता एक्सपोज नेपाल डटकमले आयोजना गरेको हो ।

प्रतिक्रिया