रंग‍-विविध

चुराले रोमान्समा बाधा

सौर्य अनलाइन २०६९ जेठ ७ गते २:०३ मा प्रकाशित

मुम्बई : बलिउड अभिनेत्री कंगना रनावतको रोमान्समा उनकै हातको चुरा तगारो बनिदिएको छ । प्रसंग हो, छायांकनमा रहेको चलचित्र सुटआउट एट बडालाको । जसमा उनी अभिनेता जोन अब्राहमसँग गरमागरम रोमान्टिक सिन दिने तयारीमा थिइन् ।
त्यस क्रममा हातमा लगाइराखेको चुरा फुटेर उनको नाडीमा घोपियो र त्यहाँबाट भलभली रगत बग्न थाल्यो । त्यसपछि सुटिङै रोकेर उनलाई प्रारम्भिक उपचार गर्नतिर लाग्नुपर्‍यो । त्यति गर्दा पनि नभएपछि निर्माणसमूहले त्यहीँ चिकित्सकलाई समेत बोलाएको थियो । यो सिनका लागि जोन र कंगनाले पहिले पनि निकै रिहर्सल गरेको र वास्तविक सट लिने क्रममा दुर्घटना भएको एजेन्सीले उल्लेख गरेको छ । त्यसपछि कंगनालाई सुनको चुरा पहिर्‍याएर यो सिन रिसुट गरिएको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय