लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य माथि छुरा प्रहर

काठमाडौं, ६ जेठ । काठमाडौंको धापासी–९ मा अज्ञात समूहले सत्तारुढ मधेसी जनअधिकार फोरम लोकतान्त्रिक केन्द्रीय सदस्य शशिकान्त मिश्रालाई छुरा प्रहार गरेर घाईते बनाएको छ ।
सर्लाही जिल्ला मिदपुर–५ घर भएका लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य ६३ वर्षीय मिश्रलाई गएराति छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले संखुवासभा माछापोखरी घर भएका १८ वर्षीय वसन्त लामासहित ४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
मिश्रलाई अपरिचित २ जनाले छुरा प्रहार गर्दा टाउको र हातमा चोट लागेको थियो ।

प्रतिक्रिया