शीर्ष नेतृत्वसँग छलफल गर्नुपर्ने मुस्लिमहरुको माग

काठमाडौं, ६ जेठ । प्रमुख दलका शीर्ष नेताहरुसँग बार्ता गर्ने नयाँ प्रस्ताव आएपछि सरकार र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनवीच आज भएको वार्तामा कुनै ठोस सहमति विनानै स्थगित भएको छ ।
सिंहदरबारस्थित शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा भएको वार्तामा मुस्लिम गठबन्धनले आफ्ना मागहरुका बारेमा शीर्ष नेताहरुसँग छलफल गर्नुपर्ने प्रस्ताव गरेपछि सहमति हुन नसकेको एक सदस्यले बताएका छन् । मुस्लिम समुदायका माग जायज रहेको भन्दै सरकारी बार्ता टोलीले पनि एक पटक प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल आवश्यक रहेको बताएका छन् ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै अर्थमन्त्री बर्षमान पुनले मुस्लिम गठबन्धनसँगको वार्ता सकारात्मकरूपमा अगाडि बढिरहेको बताए । उनले सहमतिका लागि बुँदागतरूपमा माग सम्बोधन गर्दै सहमतिको खाका तयार पारिने बताए ।
यस अघि शुक्रबार भएको बार्तामा मुस्लिम समुदायले आफ्ना माग सरकारी बार्ता टोली समक्ष प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया