डोटीमा बस दुर्घटना हुँदा २७ यात्रु घाइते

कैलाली, ५ जेठ । कैलालीको धनगढीबाट अछामतिर गइरहेको यात्रुबाहक बस आज बिहान डोटीमा दुर्घटना भएको छ । दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।
ना ४ ख ७५७२ नम्बरको बस डोटीको लाटामाण्डौं–९, तिलतालीमा अगाडि रहेको बसलाई उछुन्ने क्रममा पल्टीएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घाइते भएका ११ जनाको डडेलधुरास्थित टीम अस्पतालमा उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार बसका कन्डक्टर हरि खनाल, सतिस बोहरा, कमल शाही र शंकर साउदको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दीपक शाही, बिक्रम खड्का, भीम बोहरा, धनबहादुर बुढा, जोगीराम बुढाथोकी, जगत खड्का र झपट ठकुल्लाको पनि टीम अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था चिन्तामुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया