बिक्यो नांगो तस्बिर

हलिउड : गायिका म्याडोनाको कामुक छविका प्रशंसक विश्वभरि प्रशस्तै छन् । उनका हरेक क्रियाकलाप फ्यानहरूका लागि जिज्ञासा बनेर रहन्छन् । भर्खरै बिक्री भएको उनको नांगो तस्बिरले पनि यसलाई पुष्टि गर्छ । लिलाम बढाबढका क्रममा उनको सो तस्बिर निकै महँगो मूल्यमा बिक्री भएको एजेन्सीले उल्लेख गरेको छ । उनका एक प्रशंसकले सो तस्बिरलाई २३ हजार ७ सय ५० डलर तिरेका छन् । अमेरिकाको न्युयोर्कमा भएको लिलामीमा तस्बिर खरिद गर्नेको नाम भने उल्लेख गरिएको छैन ।
सो तस्बिरमा म्याडोना उत्तेजक भंगिमाका साथ नग्न अवस्थामा चुरोट पिइरहेकी देखिन्छिन् ।
तस्बिर २२ वर्ष पुरानो रहेको बताइन्छ, जति बेला म्याडोना ३२ वर्षकी थिइन् । सन् १९९० मा फेसन फोटोग्राफर स्टेभन मेजिलले खिचेको सो तस्बिरकै कारण म्याडोना विवादमा त परिन् नै, त्यसबाट गतिलै चर्चा पनि कमाइन् । (एजेन्सी)

प्रतिक्रिया