एघार प्रदेश सहमति विपरितः नयाँ मोर्चा

काठमाडौं, ४ जेठ । बृहत मधेसी मोर्चाले तराईलाई खण्डित गरेर बनाईएका एघार प्रदेशको विरोधमा विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
बृहत मधेसी मोर्चाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । उसले विगतमा सरकार र मधेसवादी दलहरुवीच भएका सहमतिलाई वेवास्ता गरेर प्रमुख तीन दलले एघार प्रदेशमा सहमति गरेको आरोप लगाएको छ ।
मोर्चाले राज्य पुनर्संरचना सम्बन्धी समितिको प्रतिवेदनलाई समेत बेवास्ता गरेको दाबी गरेको छ । उसले एक मधेस प्रदेशको मागलाई कदापी नछाड्ने जनाएको छ ।
बृहत मधेसी मोर्चाका तर्फबाट संयुक्त विज्ञप्ती जारी गर्नेमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिकबाट शरतसिंह भण्डारी, एमाओवादीबाट प्रभु साह लगायतका मधेसवादी दलका सभासद र नेताहरु छन् ।

प्रतिक्रिया