‘टकिङ स्ट्रिङ्स’ मा सितारको जादू

काठमाडौं : सितारका धुनहरू समेटिएको एल्बम टकिङ स्ट्रिङ्स सार्वजनिक भएको छ । बुधबार आयोजित एक कार्यक्रमबीच नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ नाट्यनिर्देशक प्रचण्ड मल्लले संयुक्त रूपमा सो एल्बम विमोचन गरे । विभिन्न जातजातिका ५ बालिकाले उनीहरूलाई सघाएका थिए । एल्बमका धुनहरूको कम्पोज संगीतकार जुगल डंगोलले गरेका छन् भने सितारवादिका सीतामाया राज्चलले ती धुनलाई सितारमार्फत प्रस्तुत गरेकी छन् ।
संगीतकार डंगोलले एल्बममा समेटिएका धुनहरूमा मनका भावना उतारिएको बताए । ‘गीतका शब्दले भन्दा सितारका धुनहरूले मन छुने गरी बह पोख्न सक्छन्,’ उनले भने । एल्बममा रहेका आठवटै ट्रयाकको एरेन्ज पनि जुगलले नै गरेका हुन् । एल्बमलाई काठमान्डु म्युजिक सेन्टरले बजारमा ल्याएको हो । (सौस)

प्रतिक्रिया