शिवशंकरको प्रश्न खेमको उत्तर

शिवशंकर रिजाल

शिव     :    दाइ हाँडीजस्तै कालो हुनुहुन्छ नि, के कारणले हो ?
खेम     :    म मात्र हैन, भाइ पनि कालै हो नि † लौ आऊ त दाँजौँ, हामीमध्ये को कालो † फेरि कालो हुनु पनि विशेष हुनु हो । भगवान् कृष्ण पनि कालै हुनुहुन्थ्यो ।
शिव     :    दाइलाई अब फेरि ‘चतुरे’ को जस्तो रोलमा कहिले पाउने हामीले ?
खेम     :    त्यो हरेक दिन पाउनुहुन्छ । किनभने म कलाकारिता गरिरहेकै छु । नेपालमा बसेर कलाकारिता गर्न चतुरेबाहेक अरूले सक्दैन । तपाईंले मैले गरेको १९ वर्षअगाडिको जस्तो रोल सोच्नुभएको हो भने त्योचाहिँ अब सम्भव छैन ।
शिव     :    तपाईं नयाँ पुस्तालाई के सन्देश दिन चाहनुहुन्छ ?
खेम     :    नयाँ पुस्ताका भाइहरूलाई हृदयदेखिको शुभकामना । कलाकारितामा लागिरहनुभएकै छ, अझै मिहिनेत गर्नुहोला । हामीले कलाकारिता सुरु गर्दा निकै थोरै व्यक्ति थियौँ, अहिले धेरै भइसकेका छौँ । मिहिनेत गरे सफल भइन्छ ।
शिव     :    फुर्सद भयो कि नगरकोट वा धुलिखेलतिर केटी लिएर जानुहुन्छ रे नि ? तपाईंलाई बुढेसकालले कहिले छुने ?
खेम     :    भाइलाई ‘गलतफेमी’ भएको रहेछ । मैले केटी हैन, बरु केटीले चाहिँ मलाई लिएर जाने गरेका छन् । कहिले धुलिखेल त कहिले नगरकोट जाऊँ भन्छन्, के गर्नु नाइँ भन्न सक्दिनँ † केटी भन्दैमा गलत अर्थ लगाइहाल्न पनि हुन्न क्या † जो पनि हुन सक्छन्– बहिनी, श्रीमती, गर्लफ्रेन्ड… ।
शिव     :    यो वर्षको गाईजात्रामा दाइको प्रस्तुति के रहन्छ ?
खेम     : अहिले देशमै जताततै गाईजात्रा देखिन्छ । विषयवस्तुको के दु:ख ? स्टेजमा गएर पनि यिनै कुरा भन्ने हुन् । सडकदेखि सदनसम्मको विषयलाई गाईजात्रा बनाउने हो यसपालि ।

खेम शर्मा

प्रतिक्रिया