काठमाडौँ, २ जेठ । संविधानसभाको आजका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ ।
संविधानसभाको अर्को बैठक जेठ ३ गते बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
प्रमुख राजनीतिक दलहरुबीच संविधान निर्माणका विवादित विषयमा सहमतिका लागि पहल भइरहेकाले गत वैशाख ११ गतेदेखि संविधानसभाको बैठक सूचना टाँस गरी स्थागन हुँदै आएको छ ।
आज दलहरुबीच सहमति भएपनि त्यसलाई संवैधानिक समिति र त्यसअन्तर्गतको विवाद समाधान उपसमितिमा औपचारिकता दिनुपर्ने भएकाले संविधानसभाको बैठक बस्न नसकेको हो ।
प्रतिक्रिया