हिन्दू मन्दिरहरूको सम्मेलन हुने

काठमाडौं, २ जेठ । पशुपित क्षेत्र विकास कोषले विश्वभर छरिएर रहेका हिन्दू मन्दिरहरूको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । सम्मेलनमा हिन्दू मन्दिरका व्यवस्थापक र पुजारी सहभागी हुनेछन् ।

यसअघि यस्तै सम्मेलन ०६१ सालमा भारतको बम्बईमा भएको थियो । काठमाडौंमा गर्न लागिएको सम्मेलन दोस्रो हो । पहिलो सम्मेलनको आयोजना मुम्बईको सिद्धिविनायक मन्दिरले गरेको थियो ।
दोस्रो हिन्दू धर्म सम्मेलनमा विश्वभर छरिएर रहेका हिन्दू मन्दिरको सञ्चालन र व्यवस्थापनबारे छलफल हुने भएको छ । ‘सम्मेलनमा हामीले विश्वभर छरिएर रहेका हिन्दू मन्दिरको व्यवस्थापन र सञ्चालन कसरी हुँदोरहेछ भनेर जानकारी लिनेछाँ । यसबाट पशुपतिनाथ मन्दिरको सञ्चालन र व्यवस्थापन गर्न हामीलाई सहयोग पुग्नेछ,’ पुशपति क्षेत्र विकास कोषका सदस्य–सविच सुशील नाहटाले भने ।
सो सम्मेलन सम्भवत: आगामी सेप्टेम्बरमा हुने पनि सदस्य–सचिव नाहटाले बताए । मन्दिर सम्मेलनको व्यवस्थापनबारे जानकारी लिन पशुपित क्षेत्र विकास कोषले सिद्धिविनायक मन्दिरका पुजारी र सञ्चालकलाई काठमाडौंमा बोलाउने भएको छ ।

प्रतिक्रिया