कैलाली, १ जेठ । गृहमन्त्री विजय गच्छादारको निर्देशनमा कैलाली प्रहरी प्रमुख एसपी बसन्तकुमार पन्तको काज सरुवा भएको छ ।
पन्तको स्थानमा एसपी घनश्याम अर्याललाई पठाईएको छ । अखण्ड सुदूरपश्चिम आन्दोलन चर्किएपछि असन्तुष्ट गृहमन्त्री गच्छेदारले पन्तको काज सरुवा गरेको स्रोतको भनाई छ । पन्तलाई सरुवा गर्न स्थानीय थारु नेताहरुले दबाव दिएको स्रोतले जनाएको छ ।
पन्त एक वर्ष अघि काठमाडौंबाट कैलालीमा सरुवा भएर आएका थिए । पुनः उनलाई काठमाडौं महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा काज सरुवा गरिएको छ । सौर्य
प्रतिक्रिया