विराटनगर ३१ वैसाख । उपप्रधान तथा गृहमन्त्री विजय गच्छेदारले स्वस्फुर्त वन्द गराउनेहरुलाई आफूले केही गर्न नसक्ने वताएका छन् ।
विराटनगरमा आज सञ्चारकर्मीसँग कुरागर्दै गच्छेदारले लोकतन्त्रमा अधिकार माग्न वन्द आव्हान गर्नु समान्य कुरा भएको बताए । अधिकारका लागि हुने स्वस्फुर्त वन्दमा सरकार र प्रशासनले केही गर्न नसक्ने उनको भनाई छ ।
जवर्जस्ती गराउने बन्दकर्तालाई कानून अनुसार कार्वाही गर्ने गच्छेदारले बताए ।
संघीयताका लागि सवैले माग राख्नु नाजायज नरहेको बताएका गच्छेदारले भने, ‘युगान्तकारी परिवर्तनमा सवै जनताले आ–आफना माग राख्नु समान्य कुरा हो ।’
प्रतिक्रिया