मुस्लिम आयोग पुनर्गठन गर्न माग

काठमाडौं २९ बैशाख । नेपाल मस्लिम राष्ट्रिय महासंघले मुस्लिम आयोगका पदाधिकारीहरुलाई तत्काल पुनर्गठन गर्न माग गरेको छ ।
राजधानीमा आज आयोजित कार्यक्रममा महासंघले मुस्लिम आयोगमामुस्लिम समुदायको हक अधिकारका लागि पहलकदमी नगरेका अध्यक्ष र सदस्यहरुलाई तत्काल विघटन गरी हिमाल, पहाड र तराईका सबै मुस्लिमहरुको प्रतिनिधित्व हुने गरी नियुक्त गर्न माग गरेको हो ।
नेपाल राष्ट्रिय मुस्लिम महासंघका अध्यक्ष ताज मोहम्मद मियाँले राजनीतिक पुर्वाग्रहीका आधारमा नियुक्ति गरिएका अध्यक्ष र सदस्यहरुले मुस्लिम समुदायको हक अधिकारको विषयमा काम गर्न असक्षम भएको भन्दै पुनर्गठन आवश्यक रहेको दावी गरे ।
उनले प्रधानमन्त्री र टोपबहादुर रायमाझीको चुनावी प्रचार–प्रसारका लागि रातदिन झोलामा पैसा बोकेर हिँड्ने कार्यकर्तालाई आयोगको जिम्मेवार पदमा नियुक्ति गरिनु मुस्लिम समुदायको लागि घातक हुने चेतावनी दिए ।
मुस्लिम मोर्चाका संयोजक महबुल्ला अन्सारीले मुस्लिम आयोगमा व्यक्तिको झोला बोक्ने पहाडतिरका कार्यकर्तालाई भर्ति गरिएको आरोप लगाए ।

प्रतिक्रिया