‘पाँच बुँदे कार्यान्वयन गर्न भारतको आग्रह’

काठमाडौं, २९ वैशाख । कांग्रस सभापति सुशील कोइरालासंग नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले भेट गरी नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा परामर्श गरेका छन् । उनले पछिल्लो पटक दलहरुका वीच भएको पाँच बुँदे सहमति कार्यान्वयनमा समेत जोड दिएका छन् ।

महाराजगञ्जस्थित कोइराला निवासमा आज विहान भएको भेटमा कोइराला र जयन्त प्रसादवीच नेपालको समसामयिक राजनीतिक अवस्थाका साथै संविधान लेखनका विषयमा परामर्श भएको कोइरालाको निजी सचिवालयले जनाएको छ ।
राजदूत प्रसादसंगको भेटमा सभापति कोइरालाले आफूहरु सहमतिका आधारमा अगाडि बढ्न प्रयासरत रहेको बताएका छन् ।
दलहरुबीच बैठक र छलफल तथा राजनीतिक परामर्श जारी रहेको बताउदै कोइरालाले सहमतिको सम्भावना अझै टरिनसकेको बताए । उनले भने, ‘हामी सहमतिमा संविधान जारी गर्नका लागि प्रयासरत छौं ।’
दुई दिन अघिमात्र भारतबाट नेपाल आएका राजदूत सिंहले दलहरुबीच भएको पाँच बुँदे सहमतिको कार्यान्वयनमा सल्लाह दिएका छन् । उनले पाँच बुँदे सहमति कार्यान्वयन र त्यसको विश्वासको वातावरणमा संकट आएको भन्दै चिन्ता र चासो समेत व्यक्त गरेका छन् ।
पाँच बुँदे सहमति हुँदाका समय एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा दलहरुको बैठकमा राजदूत जयन्त प्रसाद बसेको भन्दै चर्को आलोचना समेत भएको थियो ।

प्रतिक्रिया