जम्बो बार्ता टोली बाटोमै अलपत्र

महेन्द्रनगर,२८ वैशाख । सरकारसंग वार्ता गर्न बुधवार राजधानी प्रस्थान गरेको सुदूरपश्चिमको जम्बो वार्ता टोली बर्दियामै अलपत्र परेको छ ।
क्षेत्री समाजको नेपाल बन्द र अखण्ड मध्यपश्चिमको आन्दोलनका कारण दोहोरो बन्दमा परेको टोली बर्दियाको बासगढीमा अलपत्र परेको हो ।
कैलाली जिल्ला प्रशासन कार्यालयको संयोजनमा सुदूरपश्चिमका नौ जिल्लाबाट ५२ जनाको टोली सरकारसंग वार्ता गर्न बुधवार सा“झ राजधानी प्रस्थान गरेको थियो । आज बिहान वासगढी पुगेको टोली बन्दको कारण अगाडी बढ्न सकेको छैन ।
यसैवीच, बन्दका कारण राजधानी जाने ५२ जना वार्ता टोलीको संख्या घट्ने भएको छ । हवाई मार्गबाट केही सदस्यलाई लैजाने तयारी गरिएको छ ।

प्रतिक्रिया