मध्यपश्चिमको विद्युत् लाइन काटियो

कैलाली, २८ वैशाख । बिगत चौध दिनदेखि अखण्ड सुदूरपश्चिमको माग राखी आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरुले कैलालीको लम्कीमा रहेको नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा गई मध्यपश्चिममा सप्लाई हुने गरेको विद्युत् लाइन काटि दिएका छन् ।

अखण्ड सुदूरपश्चिम संघर्ष समिति लम्कीका संयोजक बिपी खनालको नेतृत्वमा गएको एक समूहले मध्यान्ह १२ बजे मध्यपश्चिममा सप्लाई हुंदै आएको विद्युत् लाइन काटि दिएको हो । विद्युत कार्यालयमा गएका आन्दोलनकारीहरुले अखण्ड सुदूरपश्चिमको वार्ता टोलीलाई बर्दियाको बासगढीमा रोकेको आरोपमा विद्युत सप्लाई बन्द गरेको कार्यालयका सुपरभाइजर जयराम छतकुल्लीले बताएका छन् ।

भारतको टनकपुरबाट दैनिक ३२ मेगा वाट विद्युत् सुदूरपश्चिम र मध्यपश्चिममा विद्युत् आपूर्ति हुने गरेको छ । आन्दोलनकर्ताहरुले कार्यालयमा आएर मध्यपश्चिममा सप्लाई हुदै आएको १ सय ३२ केभी प्रशारण लाइनको लाइन ब्रेकर अफ गरेपछि बर्दिया, बांके, सुर्खेत, दैलेखसम्म असर परेको छतकुल्लीले बताए ।

प्रतिक्रिया