कार्यालय सहयोगीको भरमा

दोलखा : २४ कर्मचारी भएको जिल्ला शिक्षा कार्यालय दोलखा बुधबार एक कार्यालय सहयोगीको भरमा सञ्चालन भएको थियो । शिक्षा अधिकारीसहित ६ कर्मचारी विभिन्न कार्यक्रममा गएपछि अन्य कर्मचारी पनि कार्यालयमा आएका थिएनन् ।
कार्यालय सहयोगी कटकबहादुर श्रेष्ठले शिक्षा अधिकारी सिँगटीस्थित कार्यक्रममा गएका र केही कर्मचारी जिल्लाका अन्य कार्यक्रममा गएको बताए । कार्यालयमा कर्मचारी नभएपछि पाठ्यपुस्तक लिन आएका शिक्षक रित्तो हात फर्किएका थिए । शिक्षा कार्यालयले जिल्लामा अवैध पाठ्यपुस्तक भित्रिएको र त्यस्ता पुस्तक जफत गरिने बताएपछि कार्यालयमा बुझ्न आउँदा कोही नभेटिएको क्षेत्रपास्थित मालिकादेवी प्राविका शिक्षक ढालबहादुर सापकोटाले बताए । (सौस)

प्रतिक्रिया