कोइराला र खनालसँग डेलिसीको बिदाई भेटबार्ता

काठमाडौं, २७ वैशाख । कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले भेट गरेका छन् ।
राजदूत डेलिसीले कोइराला र खनाललाई अलग अलग भेट गरेका हुन् । कोइराला निवास महाराजगञ्जमा आज भएको विदाई भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत छलफल भएको कोइरालाको निजी सचिवालयले जनाएको छ । त्यस क्रममा कोइरालाले शान्ति प्रक्रिया टुङगिने अन्तिम चरणमा रहेको भन्दै नयाँ संविधान पनि तोकिएकै समयमा जारी गर्ने तयारीमा रहेको बताए ।
अमेरिका लगायतका छिमेकी मित्रराष्ट्रहरुको सद्भावना सहयोग आवश्यक पर्ने कोइरालाको भनाई थियो ।
आफ्नो कार्यकाल समाप्त गरेर स्वदेश फिर्ता हुन लागेका अमेरिकी राजदूत डेलिसीले नेपाललाई अमेरिकाको सहयोग जारी रहने बताए ।
त्यसै गरेर राजदूत डेलिसीले एमाले अध्यक्ष झलनाथ खनालसँग पनि भेटगरेर आफू स्वदेश फिर्ता हुन लागेका बारेमा जानकारी गराएका थिए ।
यस अघि राजदूत डेलिसीले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बिदाई भेटगरिसकेका छन् ।

प्रतिक्रिया