उत्तम के.सी. (कलाकार)
उत्तम : अचेल टेलिभिजनमा त्यति देखिनुहुन्न नि ?
सुभास : काम त गरिरहेकै छु । पहिलेको तुलनामा मेरो टेलिभिजन सिरियल कम भएकाले पनि यस्तो भान परेको होला ।
उत्तम : तपाईंको चलचित्र अन्तर्राष्ट्रिय क्षेत्रमा मनोनयनमा पर्छ तर तपाईंको चर्चा छैन नि ?
सुभास : त्यो त मैले भन्नुभन्दा पनि अरूले मूल्यांकन गर्ने कुरो हो । नेपाली चलचित्र मनोनयनमा पर्नु राम्रो हो, सबैका लागि गौरवको विषय हो ।
उत्तम : तपाईंको मुहारमा जहिल्यै असन्तुष्टि झल्किरहेको हुन्छ । जीवनमा कहिल्यै सन्तुष्ट हुनुभएको छैन कि क्या हो ?
सुभास : म पातलो मान्छे छु । त्यसैले तपाईंले मेरो अनुहारमा हेरेर त्यस्तो अनुभूति गर्नुभएको होला । तर, मलाई चाहिँ त्यस्तो केही छैन जस्तो लाग्छ ।
उत्तम : तपाईंको आगामी प्रोजेक्ट के छ ?
सुभास : फेरि मौलिक चलचित्र निर्माण गर्ने तयारीमा छु । आगामी जेठको अन्त्यतिर एक चिहान बनाउँदै छु । यो उपन्यासमा आधारित चलचित्र हो ।
उत्तम : चलचित्र छोडेर राजनीतितिर लाग्दै हुनुहुन्छ रे नि ?
सुभास : राजनीतितिर लागेको छैन । म आफ्नै पेसागत संस्था निर्देशक समाजको चुनावमा उठेको हो । त्यसलाई राजनीति भन्न मिल्दैन ।
प्रतिक्रिया