कारबाही अन्तिम चरणमा

काठमाडौँ : चलचित्र चम्पाचमेलीको व्यावसायिक सफलताले हौसिएका निर्माता नारायण मैनालीले अर्काे चलचित्र कारबाही निर्माण गरेका छन् । चलचित्रको हाल एभिज स्टुडियोमा अन्तिम प्राविधिक कार्य भइरहेको छ ।
राजेश हमाल, सुनील थापा, सम्राट बस्नेत, राजन महर्जन, लोकेन्द्र सापकोटा, राज लामा, दीपा पुन, महिमा सिलवाल, मेरी लिम्बू, नरेश पौडेल, सुवास गजुरेल आदि कलाकारमुख्य भूमिकामा छन् । ‘जनताको सेवा गर्ने नाममा सरकार वा उच्च ओहदामा पुग्ने अनि दायित्व बिर्सनेविरुद्ध सोझासिधा नागरिक पनि कारबाहीमा उत्रन बाध्य हुने मूल कथा बोकेको यस चलचित्रमा गीत, फाइटलगायत पक्षलाई पनि सशक्त मसलाका रूपमा प्रस्तुत गरिएको छ,’ निर्माता मैनालीले भने ।
एनपी फिल्म्स प्रोडक्सनको दोस्रो प्रस्तुति रहेको चलचित्र किशोर रानाले निर्देशन गरेका हुन् । चलचित्रमा राजेन्द्र श्रेष्ठको संगीत, कुमार शंकरको द्वन्द्व तथा प्रदीप श्रेष्ठको नृत्यनिर्देशन रहेको छ । (सौस)

प्रतिक्रिया