बलिउडमा मेलिसको धमाका

मुम्बई : बलिउडमा विदेशी कलाकारहरूको प्रवेश पछिल्लो समय निकै बढ्दै गएको देखिन्छ । विशेष गरी बलिउडका आइटम डान्समा विदेशी मोडलहरूलाई लिने चलन बढेको छ । आइटम डान्समा विदेशकी केटीलाई नचाउनु बलिउडको ट्रेन्डजस्तै बनिसकेको छ ।
बलिउडको यो आकर्षणमा अर्की ब्रिटिस मोडेल स्कारलेट मेलिस पनि तानिएकी छन् । हालै उनले दिवाकर बेनर्जीको निर्माणाधीन चलचित्र संघाईमा धमाकेदार आइटम डान्स प्रस्तुत गरेको एजेन्सीले उल्लेख गरेको छ । इम्पोटेन कमरिया बोलको सो गीतमा उनी घाँगरचोलीका साथ ग्ल्यामरस हाउभाउका साथ प्रस्तुत भएकी छन् । यो आइटममार्फत बलिउडमा आफ्नो उपस्थिति दमदार साबित हुने विश्वास उनले लिएको एजेन्सीले उल्लेख गरेको छ । यो चलचित्रमा अभय देवल, इमरान हासमी, कल्की कोचलिनका साथमा प्रसेन जितको मुख्य भूमिका छ । (एजेन्सी)

प्रतिक्रिया