शान्तिका लागि नृत्यनाटिका

काठमाडौं : अभिनेत्री मिथिला शर्माको निर्देशनमा नृत्य नाटिका ‘सृष्टिको उत्तम रचना मानव’ प्रदर्शन हुने भएको छ । बुद्ध जयन्तीका अवसरमा आज लुम्बिनीमा सो नाटिकाको प्रथम प्रदर्शन हुने भएको हो ।
संस्कृति मन्त्रालयको सहयोग तथा मिथिलाकै अवधारणामा तयार पारिएको नाटिकामा उनी स्वयं मुख्य पात्रका रूपमा प्रस्तुत हुँदै छिन् । यसमा संगीत भर्ने काम भने गायिका विमला राईले गरेकी छन्, नाटिकामा उनको पनि स्वर सुन्न पाइन्छ । चित्रकार सुषमा राजभण्डारीले चाहिँ नृत्यनाटिकाका विभिन्न भावलाई चित्रमार्फत प्रदर्शन गर्नेछिन् । नाटिकालाई आगामी दिनमा देशका अन्य सहरमा पनि प्रदर्शन गर्ने योजना रहेको मिथिलाले सुनाइन् । उनले भनिन्, ‘हामी तीनजना आ–आफ्नो कलाकारितामार्फत विश्वशान्ति र मानवकल्याणका लागि केही गरौँ भनेर सांगीतिक यात्रामा हिँड्दै छौँ ।’ (सौस)

प्रतिक्रिया