दाङ र सुदूरपश्चिमको जनजीवन कष्टकर

दाङ, २३ वैशाख । थारु तथा आदीवासीहरुको अस्तित्व एवं पहिचान सहितको संघीयता माग गर्दै थारु समुदायका विभिन्न संघ÷संगठनले आज दाङ बन्दको आह्वान गरेका छन् ।
बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ । बन्दले यातायातका साधन, बजार कलकारखाना, उधोग पूर्ण रुपले बन्द रहेका छन् ।
चितवनदेखि कञ्चनपुरसम्म थारुवान स्वायत प्रदेश घोषणा गर्नु पर्ने, सिराहा पूर्वका ६ जिल्लालाइ पूर्वी थारुवान कोचिला राज्य र पर्सादेखि धनुषासम्म मध्य तराई सिम्रोनगढ प्रदेश घोषणा गर्नु पर्ने उनीहरुको माग छ ।
उता, लगातारको सुदूरपश्चिम बन्दले त्यस क्षेत्रको जनजीवन आजपनि प्रभावित भएको छ । बन्दका कारण सुदूरपश्चिम भोकमरी पर्ने सम्भावना बढेको छ । ९ दिनदेखिको बन्दले खाद्यान्न आपूर्तिमा समस्या भएको छ ।

प्रतिक्रिया