पूजाको ट्विटरभरि सन्नी

पोर्नस्टार सन्नी लियोनले खेलेको कुनै फिल्म रिलिज भएको छैन तर उनको चर्चा भने दर्जनौँ फिल्म खेलिसकेकाको जसरी नै हुन्छ, बलिउडमा । पूजा भट्टको चलचित्र जिस्म–२ मा अभिनय गर्ने कुराले उनको चर्चा झन् बढ्यो । अहिले आएर सोही चलचित्रको अभिनय दौरान जोडिएका हरेक कुरा ट्विटरमार्फत सार्वजनिक गरेर चलचित्र आउनुअगावै आफ्नो चर्चा उचाल्दै छिन् सन्नी ।
निर्देशक पूजा भट्ट भने उनको चर्चालाई चलचित्रको पब्लिसिटी पनि बनाउने योजनामा देखिएकी छन् । चलचित्र भर्खर एडिटिङमा छ, पूजा भने अहिल्यैदेखि सन्नीले चलचित्रमा गरेका हट दृश्य सार्वजनिक गर्न थालिसकेकी छन् । चलचित्रप्रति अरूको इन्ट्रेस्ट जगाउने उद्देश्यले उनले ट्विटरमा लेखेकी छन्, ‘यो सिन तपाईंहरूको जिज्ञासा मेटाउनका लागि हो ।’ यसो भन्दै उनले फेरि जिज्ञासा बढाइदिएकी छन्, ‘यो त एक छोटो भेट मात्र हो, यस्ता सिन त कति छन् कति चलचित्रमा ।’ पूजाको यो शैलीका कारण दर्शकहरू सन्नीका तस्बिरप्रति थप जिज्ञासु बनेको चर्चा एजेन्सीले गरेको छ ।

प्रतिक्रिया