राष्ट्रपतिद्वारा पाँच बुँदे सहमतिको स्वागत

जनकपुर, २२ वैशाख । राष्ट्रपति रामवरण यादवले बिहीबार मध्यराती प्रमुख दलहरुका बीच भएको पा“च बुदे सहमतिले संविधान निर्माणमा शुभ संकेत दिएको टिप्णी गरेका छन् ।
उनले संसद् भित्रका ९० प्रतिशत सांसद एक ठाउँमा आएको भन्दै खुशी व्यक्त गरे ।
गृहनगर जनकपुरमा आज आयोजित कार्यक्रममा राष्ट्रपति यादवले प्रमुख चार राजनीतिक दलबीच भएको सहमति संविधान निर्माणमा महत्वपूर्ण हुने बताए । उनले सहमतिले शान्ति र संविधान टुङ्गिने विश्वास अझै बढेको बताए ।
नयाँ बन्ने संविधानमा सम्पूर्ण भाषाभाषी, जातजाति, धर्मलाई समेट्नु पर्ने राष्ट्रपति यादवको भनाई थियो ।
जनकपुरमा बम विष्फोटबाट भएको मानवीय क्षेतीप्रति दुःख व्यक्त गर्दै उनले भने, ‘यो मानवता विरुद्धको घटना हो, यसको जति भर्सत्ना गरेपनि पुगदैन ।’

प्रतिक्रिया