लोकतन्त्रको प्रयाय प्रेसः कोइराला

काठमाडौं, २१ वैशाख । कांग्रेस सभापति सुशील कोइरालाले नेपाली सञ्चारजगतले मुलुक र लोकतान्त्रिक आन्दोलनप्रति पुराएको योदानको कदर हुनेपर्ने बताएका छन् ।
बिश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा आज विज्ञप्ती जारी गरेर कोइरालाले बिश्वभरका लोकतान्त्रिक संघर्षहरुमा सञ्चार क्षेत्रले खेलेको साहसिक र अग्रगामी भूमिकाको उच्चसम्मान हुनुपर्ने बताए । उनले प्रेस स्वतन्त्रताको पक्षमा आफू सधै दृढताका साथ उभिने प्रतिबद्धता समेत जनाएका छन् ।
लोकतन्त्रको आधार स्तम्भ स्वतन्त्र प्रेस रहेको भन्दै सभापति कोइरालाले आमनागरिकलाई सचेत र पारदर्शी समाज निर्माण गर्न प्रेसको महत्वपूर्ण भूमिका रहने बताए ।
यसैवीच, बिश्व प्रेस स्वतन्त्रा दिवसका अवसरमा नेपाल पत्रकार महासंघले आज राजधानीमा प्रभातफेरीको आयोजना गरेको छ । कार्यक्रममा महासंघका पदाधिकारीका साथै बिभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया