जिलिटिन पड्कदा दुई घाईते

हेटौंडा, २० वैशाख । मकवानपुरको पदमपोखरी–८ आपधापमा माछा मार्नका लागि बनाउदै गरेको जिलेटिन पड्कदा दुई जना घाईते भएका छन् ।
गाउँमा अरुको नक्कल गर्दै जिलेटिन बनाउन खोज्दा पडकिएर दुई जना घाईते भएका हुन् ।
स्थानीय शुक्रबहादुर थापाले आफ्नो घरमा जिलेटिन बनाउदै गर्दा पड्किएको प्रहरीले जनाएको छ ।
घाईते हुनेमा स्थानीय २१ बर्षीय शुक्रबहादुर थापा र १२ बर्षीय सस्वीता थापा रहेका प्रहरीले जनाएको छ ।
सलाइको वारुतलाई टिनको बट्टामा राखेर स्पाकि×ङ्ग गर्ने क्रममा पड्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया