पन्ध्र वर्षमै ग्रान्डमास्टर

नयाँदिल्ली : दिल्लीका १५ वर्षे वैभव सुरी भारतका कान्छो चेस ग्रान्डमास्टर बन्दै कम उमेरमै अन्तर्राष्ट्रिय स्तरमा सनसनी फैलाउने भारतीय खेलाडीको सूचीमा दरिएका छन् । यसअघि दिल्लीकै परिमार्जन नेगीले १३ वर्षको उमेरमा ग्रान्डमास्टर बन्दै कीर्तिमान कायम गरेका थिए । नेगीको कीर्तिमान नेपाली मूलका बाबु र रुसी मूलकी आमाका छोरा डच राष्ट्रिय च्याम्पियन अनिश गिरीले सन् २००९ मा भंग गरेका थिए ।
फ्रान्सको लिलीमा सम्पन्न प्रतियोगितामा उपाधि जितेपछि उनले तेस्रो ग्रान्डमास्टर नम्र्स पूरा गरेका हुन् । फ्रान्समा उपाधि जित्ने क्रममा सुरीले आफूलाई आवश्यक पर्ने रेटिङ वृद्धि गर्नुका साथै तेस्रो नम्र्स पनि पाए । १५ वर्ष २ महिना र २१ दिनमा ग्रान्डमास्टर बनेका सुरी भारतका २७आंै तथा दिल्लीका चौथो ग्रान्डमास्टर हुन् । उनले यसअघि २०१० मा भुवनेश्वर र २०११ मा विशाखापत्तनममा भएको प्रतियोगितामा ग्रान्डमास्टर नम्र्स पाएका थिए । सुरुमा जिबी जोशीसँग चेस सिकेका वैभवका वर्तमान प्रशिक्षक युक्रेनी ग्रान्डमास्टर अलेक्जेन्डर गोलोपास्चोभ हुन् । लिलीमा उपाधि जित्ने क्रममा वैभवले शीर्ष वरीयताका म्याक्सिम टुरोभ, ओलेग कुर्नेभ, सेबास्टिन माजे र मारियस मोनालेचलाई पराजित गरे । उनले नौ चरणको खेलमा ७.५ अंक जोडे ।
भारतीय बुद्धिचाल महासंघका उपाध्यक्ष डिभी सुन्दरले उनको देशमा कम उमेरमै एकसेएक स्टार निस्कने क्रम अझै रहने दाबी गरे । सन् १९८८ मा वर्तमान विश्वच्याम्पियन विश्वनाथन आनन्दको रूपमा पहिलो ग्रान्डमास्टर पाएको भारतले दुई दशकमा प्राप्त गरेको सफलता उपलब्धिमूलक भएको बताए । भारतमा सुरीका अतिरिक्त पूर्व यु–१र्४ विश्वच्याम्पियन विदितशंकर गुजराती र पूर्व
यु–१२ विश्वच्याम्पियन सहज ग्रोभर चाँडै ग्रान्डमास्टर बन्ने अनुमान गरिएको छ । (पिटिआई)

प्रतिक्रिया