रक्तचन्दन बरामद

सिन्धुपाल्चोक, २० वैशाख । लुकाईछिपाई चीनको खासा लैजादै गरेको करिब ५० किलो रक्तचन्दन सिन्धुपालेक प्रहरीले बदामद गरेको छ । मंगलवार राति नियमित गस्तीको क्रममा बन्देउ प्रहरी चेक पोष्टले रक्तचन्दन बरामद गरेको हो ।

बा १ च ९६२१ नम्बरको जीप तस्करहरुले प्रहरी चेकपोष्ट भन्दा करिब ५० मिटर नजिक छाडेर भापछि बेवारिसे अवस्थामा रहेको गाडी र रक्तचन्दनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सवारी चालक र तस्कर भने भाग्न सफल भएका छन् । उनीहरुको खोजी भईरहेको प्रहरीले वताएको छ ।

‘नियमित गस्तीका क्रममा बेवारिसे अवश्थामा जीप फेला परेको छ ।’ गस्तीमा खटिएका एक प्रहरी जवानले भने, ‘के रहेछ भनेर हेर्दा रक्तचन्दन फेला थियो ।’

‘रक्तचन्दनमा नीलो रङ्ग पोतेर जीपको बर्नर र डिकीमा लुकाईएको रहेछ ।’ उनले भने । तस्करहरुले लुकाईछिपाई लैजाने नयाँ प्रयोगका रुपमा यस्तो तरिका अपनाएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक सुजनराज राजभण्डारीले वताए ।

प्रतिक्रिया