चुम्बनको फोटो पब्लिस गर्नेलाई मुद्धा हाल्छु

बेनिसा हमाल, नायिका

केमा व्यस्त हुनुहुन्छ ?
चलचित्र लवको सुटिङ सकिएकाले अहिले खासै व्यस्त छैन । केही समयपछि डबिङमा व्यस्त हुनेछु ।
तपाईंले कसैसँग गरेको गोप्य चुम्बनको फोटो सार्वजनिक भयो भने ?
ओहो † त्यस्तो भयो भने सबैभन्दा पहिला कहाँबाट त्यो पब्लिस भयो भनेर बुझ्थेँ । त्यस्तो फोटो त नितान्त पर्सनल हुने भएकाले अरू कसैलाई पब्लिस गर्ने अधिकार छैन, कारबाहीका लागि मुद्दा हालिदिन्थेँ ।
कसैले चलचित्र खेलाउने बहानामा तपाईंलाई सेक्स प्रस्ताव राखे ?
नरम स्वरमा भनिदिन्थेँ– ‘तपाईंहरू जस्ताले गर्दा नै चलचित्र उद्योगमा नायिकाहरू अपहेलित भइरहेछन् । त्यसैले हाम्रो देशमा आफ्ना छोराछोरीलाई यो फिल्डमा पठाउन अभिभावक हिच्किचाउँछन् ।’
तपाईं दृष्टिविहीन हुनुभएको भए ?
सायद त्यस्तै जीवन गुजारा गरेर जिउने थिएँ ।
६० वर्षको केटासँग विवाह गर्नुपर्ने बाध्यता आइलागे ?
मेरो कर्ममै बूढो केटो परेपछि गर्नुपरिहाल्यो
नि † संसारमा योभन्दा कत्ति बूढासँग त मानिसले विवाह गरेका छन् † मलाई त कुनै आपत्ति छैन ।
डा. बाबुराम भट्टराईको सट्टा तपाईं प्रधानमन्त्रीको कुर्सीमा भइदिएको भए ?
उहाँजस्तो आशा गरिएका मान्छेले त केही गर्न सक्नुभएन, मैले त के नै गर्न सकुँला र ? म त स्क्रिप्ट मात्र पढ्ने न हुँ । तैपनि संविधानसभामा भएका सबै सदस्यलाई एकजुट बनाउने प्रयासचाहिँ गर्थें ।
कुनै व्यक्तिले तपाईंलाई हत्याको आरोप लाग्ने गरी आत्महत्या गरिदियो भने ?
१०० मा डायल गरेर पुलिस बोलाउँथेँ ।
तपाईंका श्रीमान्ले १३ जनासँग बिहे गरेको पाउनुभयो भने ?
ओहो… गिनिज बुकमा नाम लेखाउन आफैँ जान्थेँ नि † मर्द श्रीमान् त्यस्तैलाई भनिन्छ ।
सधैँका लागि रूप परिवर्तन गर्न पाए के बन्ने ?
मयूर बन्ने थिएँ ।
मेकअपका सामग्री नभएका भए तपाईंलाई के घाटा लाग्थ्यो ?
मेरो स्किन यत्तिकै राम्रो छ । त्यत्तिकै पनि राम्री देखिन्छु म । मलाई त्यस्ता सामग्री आवश्यकतै पर्दैनन् ।
मेकअप कहिल्यै गर्नुहुन्न र ?
अहँ गर्दिनँ । मलाई कन्फिडेन्ट छ– मेकअपका सामग्री नलगाउँदा पनि राम्री देखिन्छु ।
केही गरी तपाईंको बिहे नै भइदिएन भने ?
विवाह नगरी बाँचेका मान्छे पनि धेरै छन् संसारमा । मलाई पनि केही फरक पर्नेवाला छैन ।
सेक्स चाहना कसरी पूरा गर्नुहुन्थ्यो त ?
सेक्स गर्नैपर्छ भन्ने पनि छैन । त्यो नगरी बाँच्ने मानिस पनि छन् ।

प्रतिक्रिया